काठमाडौँ । उपकप्तान दीपेन्द्र सिंह ऐरीको अर्धशतकको सहयोगमा नेपालले आईसीसी टी–२० विश्वकप क्रिकेटमा नेपालले वेस्ट इन्डिजलाई १३४ रनको लक्ष्य दिएको छ ।
वानखेडे क्रिकेट स्टेडियममा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभर ८ विकेट गुमाउँदै १३३ रन बनायो ।
नेपालका लागि दीपेन्द्र सिंह ऐरीले सर्वाधिक ५८ रनको अर्धशतकीय पारी खेले । ४७ बल खेलेका उनले ३ चौका र ३ छक्का प्रहार गरे ।
नेपालका लागि सोमपाल कामीले २६ रनको योगदान गर्दा लोकेश बमले १३ रन जोडे ।
बलिङतफै वेस्ट इन्डिजका लागि जेशन होल्डरले सर्वाधिक चार विकेट लिए । त्यस्तै अकेल हुशेन, म्याथु फोड, समार जोसेप र रोस्टोन चेसले एक एक विकेट लिए ।
आजको खेलमा जित निकाल्दै नेपाल सुपर आठको सम्भावना जोगाइ राख्न चाहन्छ । यता वेस्ट इन्डिज भने आजको खेलमा नेपाललाई हराउँदै सुपर आठमा प्रवेश गर्न चाहन्छ ।
