• Wednesday 7th of October 2026

ड्राइभिङ लाइसेन्सको आवेदन र नवीकरण दस्तुर अनलाइनबाटै तिर्न सकिने


  • धनकुटा खबर
  • .

काठमाडौं । अब सवारी चालक अनुमति पत्र (ड्राइभिङ लाइसेन्स) को आवेदन र नवीकरण दस्तुर अनलाइनबाट तिर्न सकिने भएको छ ।​ पहिलाे चरणमा ललितपुरस्थित यातायात व्यवस्था कार्यालय, एकान्तकुनाबाट याे सेवा सञ्चालन हुन लागेकाे हाे ।

बिहीवार एक कार्यक्रम गर्दै अनलाइन माध्यमबाट राजस्व भुक्तानी गर्न सकिने सेवाको उद्घाटन गर्न लागेको उक्त कार्यालयका प्रमुख राजकुमार कपालीले जानकारी दिए । उनका अनुसार दाेस्राे चरणमा दशैंपछि उपत्यकाका यातायात व्यवस्था कार्यालय र तेस्राे चरणमा देशैभर याे सेवा लागू हुनेछ ।

“सवारी चालक अनुमति पत्रका लागि व्यक्ति आफैंले अनलाइन फाराम भरेजस्तै रकम पनि अनलाइनबाटै भुक्तानी गर्न सकिने सेवा सुरु हुँदैछ,” कपालीले टेकपानासँग भने, “त्यसपछि सेवाग्राहीले अनलाइनबाटै रकम भुक्तानी गर्न सक्नेछन् भने कार्यालयमा बायोमेट्रिक्स र मेडिकलका लागि मात्र उपस्थित हुनुपर्नेछ ।”

अनलाइन माध्यमबाट भुक्तानी गर्न सकिने सेवा सुरु भएपछि कार्यालयमा कामको भार ५० प्रतिशतले घट्ने उनको विश्वास छ । उनका अनुसार सवारी चालक अनुमति पत्र नवीकरण र सवारी चालक अनुमति पत्रको नयाँ फाराम भरिसकेपछि बुझाउनुपर्ने ५०० रुपैयाँ अनलाइन प्रणालीबाटै भुक्तानी गर्न सकिनेछ ।

“त्यसको केही समयपछि नै ट्रायल पास भइसकेका सेवाग्राहीको रकम पनि अनलाइनबाटै भुक्तानी गर्न सकिने कामको तयारी भइरहेको छ,” उनले भने, “एक वर्ष भित्रमा यस कार्यालयमा नगद भुक्तानी गर्नै नपर्ने अवस्था सिर्जना गर्नेगरी काम भइरहेको छ ।”

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖