• Sunday 11th of October 2026
  • ट्रेण्डिङ :

आज चुनावी प्रतिबद्धता पत्र सार्वजनिक गर्दै ओली


  • धनकुटा खबर
  • .

झापा । नेकपा एमालेका अध्यक्ष एवं झापा- ५ का उम्मेदवार केपी शर्मा ओलीले आज चुनावी प्रतिबद्धता सार्वजनिक गर्ने भएका छन् । निर्वाचन प्रचारका क्रममा रहेका ओलीले दिउँसो ३ बजे दमक – ९ स्थित अमरसिंह चौकमा प्रतिबद्धता पत्र सार्वजनिक गर्न लागेका हुन्।

ओलीको निर्वाचन परिचालन कमिटीका संयोजक देवेन्द्र दाहालका अनुसार प्रतिबद्धता पत्रमा अध्यक्ष ओलीले आफू विजयी भएपछि यस क्षेत्रमा गर्ने कामको फेहरिस्त उल्लेख गरिएको छ । प्रतिबद्धता पत्रमा नेपालमा कम्यूनिष्ट पार्टीको स्थापना, एमालेको नेतृत्वमा गठन भएका सरकारले गरेका राम्रा कामको पृष्ठभूमी, सरकारले थालेका तर अपुरा रहेका योजनाहरूको विस्तृत विवरण समेटिएको दाहालले जानकारी दिए।

अमरसिंह चौकमा आयोजना गरिएको चुनाव प्रचार कार्यक्रममा नै प्रतिबद्धता पत्र सार्वजनिक गरिने उनको भनाई छ । अध्यक्ष ओलीले आज दमक- ३ स्थित दुम्से,टुकुरेमा प्रचारप्रसारको कार्यक्रम रहेको छ । दमक ८ स्थित संगम चौक,कृष्ण मन्दिर,धनपती मैनालीको घर हुँदै दमक १० स्थित सूर्य चौकमा पनि प्रचारप्रसारको कार्यक्रम रहेको छ ।

नेकपा एमाले वडा कमिटी दमक ८ ले आज मनकामना टोल सहितका विभिन्न टोलहरूमा मत माग्दै घर दैलो गरेको छ । घरदैलो कार्यक्रम वडान ८कै वालुवाटार टोल, सिर्जना र सगरमाथा टोलको केही भूभागका घर–घरमा पुगेर मतदाताहरुलाई भोट माग्ने काम गरेको निर्वाचन परिचालन कमिटी संयोजक दाहालले जानकारी दिए।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖