काठमाडौ । डा. बाबुराम भट्टराईले पुराना दलहरूको तुलनामा रास्वपाको ‘बाचा पत्र’ लाई संक्षिप्त र गुणस्तरीय भन्दै खुला प्रशंसा गरेका छन्।
उनले विशेषगरी रास्वपाले उठाएको प्रत्यक्ष निर्वाचित कार्यकारी, पूर्ण समानुपातिक संसद् र दुई छिमेकी देशबीच ‘गतिशील पुल’ बन्ने अवधारणालाई समृद्ध नेपालका लागि अनिवार्य सर्तका रूपमा चित्रण गरेका छन्।
प्रमुख दलहरू यी मुद्दामा मौन रहनुलाई विडम्बना मान्दै भट्टराईले रास्वपाको एजेन्डा कार्यान्वयन भए मात्र चुनावी कर्मकाण्डले सार्थकता पाउने दाबी गरे।
आफ्नै पार्टीको घोषणापत्रबारे मौन रहेर रास्वपाको पक्षमा देखिएको यो झुकावलाई गोरखा-२ बाट उम्मेदवारी फिर्ता लिएपछिको अर्थपूर्ण राजनीतिक कदमका रूपमा हेरिएको छ।
