• Sunday 11th of October 2026
  • ट्रेण्डिङ :

पार्टीको झण्डा जलाउनेलाई कारवाही नगरेको भन्दै एमालेले दाङको घोराहीमा गर्यो कालो झण्डा सहित प्रदर्शन


  • धनकुटा खबर
  • .

पार्टीको झण्डा जलाउनेलाई कारवाही नगरेको भन्दै एमालेले दाङको घोराहीमा कालो झण्डा सहित प्रदर्शन गरेको छ ।

विहीबार राति तुलसीपुरमा भेला भएका राष्ट्रिय स्वतन्त्र पार्टी समर्थकले एमालेको झण्डा जलाएको भन्दै कारवाहीको माग गरेपनि अहिलेसम्म पनि पक्राउ नगरेको भन्दै पर्दशन गरेको एमाले दाङका उपाध्यक्ष मनोहर बुढाथोकीले बताए ।

शुक्रबर अपरान्ह साढे ४ बजेतिर घोरााही बजारमा प्रदर्शन गरेका हुन् । त्यस अवसरमा बुढाथोकीले झण्डा जलाउनेलाई कारवाही नगरे पार्टीले नै कारवाही गर्ने समेत बताए ।

राष्ट्रिय स्वतन्त्र पार्टीको आज घोराहीमा भएको कार्यक्रमकालागि रास्वपा सभापति रवि लामिछाने र नेता बालेन शाह आउने क्रममा तुलसीपुरको विरेन्द्र चोकमा भेला भएका समर्थकले झण्डा जलाएका थिए ।

झण्डा जलाउने विरुद्ध रास्वपाले पनि कारवाही गर्ने सभापति रवि लामिछाने बताएका छन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖