• Sunday 4th of October 2026

लेबनानमा गरिएको मिसाइल आक्रमणमा रोयटर्सका पत्रकारको मृत्यु


  • धनकुटा खबर
  • .

लेबनान । दक्षिणी लेबनानमा गरिएको मिसाइल प्रहारमा समाचार एजेन्सी रोयटर्सका एक भिडियो पत्रकारको मृत्यु भएको छ । इसाम अब्दुल्लाह नामका पत्रकारको मृत्युसँगै अरु ६ जना पत्रकार घाइते भएका छन् ।

रोयटर्स समाचारका अनुसार अल जजिरा, एएफपी र रोयटर्सका पत्रकारहरू इजरायलसँग सीमा जोडिएको लेबनानको दक्षिणी क्षेत्रमा काम गरिरहेका थिए। हाल इजरायली सीमामा हिजबुल्लाह र इजरायलले एक अर्कालाई आक्रमण गरिरहेका छन्। लेबनानी प्रधानमन्त्री नाजिब मिकाती र हिजबुल्लाहले दुर्घटनाको लागि इजरायललाई दोष दिएका छन्।

इजरायलको रक्षा बलले यसबारे प्रतिक्रिया दिएको छैन । यद्यपी यसका संयुक्त राष्ट्रसंघका राजदूत गिलार्ड एर्डनले भनेका छन्, ‘आफ्नो काम गरिरहेका पत्रकारलाई निशाना बनाउने हाम्रो नियत नभएकोमा कुनै शङ्का छैन। तर तपाईंलाई थाहा छ कि युद्धको अवस्थामा यस्ता दुर्घटनाहरू हुन सक्छन् ।’ उनले इजरायलले यस विषयमा छानबिन गर्ने बताए ।

यता रोयटर्सले एक विज्ञप्ति जारी गर्दै इसाम अब्दुल्लालाई प्रसारणकर्ताहरूलाई लाइभ भिडियो सिग्नल उपलब्ध गराउने क्रममा मारिएको बताएको छ। उनको क्यामेरा पहाडतर्फ थियो । तर ठुलो विस्फोटले उनको क्यामेरा हल्लायो। त्यहाँ धुलोको ठुलो बादल देखियो र त्यसपछि चिच्याहटको आवाज सुनिएको थियो।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖