• Sunday 4th of October 2026

उच्चभन्दा निकै घातक हुन्छ न्यून रक्तचाप


  • धनकुटा खबर
  • .

काठमाडौं । हिजोआज हाम्रो जीवनशैली यस्तो भएको छ कि हामी दिनभर एउटै कुर्सीमा बसेर समय बिताउँछौं । कामको व्यस्तताका कारण शारीरिक गतिविधि अत्यन्त कम भइरहेको छ । फलस्वरूप शरीरमा बिस्तारै विभिन्न रोगहरू विकास भइरहेका छन् । यस्तो बानी र जीवनशैलीले शरीरमा पार्ने पहिलो प्रभाव रगतमा चिनीको मात्रामा देखिन्छ । धेरै मानिस सानै उमेरमा मधुमेहको सिकार भइरहेका छन् । मधुमेह हुनुका धेरै कारण भए पनि खराब जीवनशैली यसको प्रमुख कारण मानिन्छ ।

मधुमेहबारे मानिसहरूमा भ्रम पनि छ । रगतमा चिनीको मात्रा उच्च हुनु सबैभन्दा खतरनाक हो भन्ने आमविश्वास छ । तर रगतमा चिनीको मात्रा अत्यन्त कम हुनु झन् खतरनाक हुन सक्छ । यो कुरा धेरैलाई थाहा छैन । वैज्ञानिक रूपमा रगतमा चिनीको मात्रा कम हुनुलाई ‘हाइपोग्लाइसेमिया’ भनिन्छ, जसले मस्तिष्कमा गम्भीर क्षति पुर्‍याउन सक्छ । जब रगतमा ग्लुकोजको मात्रा अत्यन्त घट्छ र मस्तिष्क पर्याप्त पोषणबाट वञ्चित हुन्छ, त्यतिबेला यो अवस्था उत्पन्न हुन्छ । यसले अचानक बेहोस हुने, मुर्छा पर्ने तथा ज्यान जोखिममा पर्ने आपतकालीन अवस्था सिर्जना गर्न सक्छ ।

रगतमा ग्लुकोजको सन्तुलित स्तर कायम राख्नु अत्यन्त महत्त्वपूर्ण छ । ७० मिलिग्राम/डिएलभन्दा कम ग्लुकोज स्तर चिन्ताजनक मानिन्छ । यदि स्तर ४० देखि ५० मिलिग्राम/डिएलको बीचमा छ भने तुरुन्तै चिकित्सकसँग परामर्श गर्नुपर्छ । यो आपतकालीन अवस्था हुन सक्छ र तत्काल उपचार आवश्यक हुन्छ । आयुर्वेदले पनि रगतमा ग्लुकोजको कम मात्रा सन्तुलित गर्न सरल र प्रभावकारी उपायहरू सुझाएको छ ।

दैनिक दिनचर्यामा मुलेठीको हल्का काढा, खजूर वा किसमिस समावेश गर्न सकिन्छ । साथै थोरै–थोरै अन्तरालमा खाना खाने बानी बसाल्नुपर्छ । यसले ग्लुकोज उत्पादनलाई निरन्तरता दिन मद्दत गर्छ । आवश्यकता अनुसार गुलियो खानेकुरा सेवन गर्दा शरीरमा ग्लुकोज र ऊर्जाको स्तर बढ्न सक्छ । आयुर्वेदका अनुसार अत्यधिक भोको बस्ने, अनियमित खानपान र मानसिक तनावले वात बढाएर ऊर्जा असन्तुलन निम्त्याउन सक्छ । त्यसैले लामो समय भोकै बस्नबाट बच्नुपर्छ र नियमित रूपमा भोजन गर्नुपर्छ । ग्लुकोज सन्तुलनका लागि आहारमा कार्बोहाइड्रेट र प्रोटिनको सन्तुलित संयोजन समावेश गर्नु उपयुक्त हुन्छ । यसले शरीरलाई ऊर्जा प्रदान गर्नुका साथै मस्तिष्कलाई सक्रिय राख्न सहयोग गर्छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖