• Sunday 4th of October 2026

यी लोक गायकको निधन


  • धनकुटा खबर
  • .

लोक गायक कमल बिके निर्मोहीको निधन भएको खबरले नेपाली सांगीतिक क्षेत्रमा शोक छाएको छ।

केही समययता उनका दुवै मिर्गौला फेल भएको र उपचार गराइरहेको जानकारी सार्वजनिक भएको थियो।

स्वास्थ्य अवस्था जटिल बन्दै गएपछि उपचारकै क्रममा उनको निधन भएको पारिवारिक स्रोतले जनाएको छ।

रोदनात्मक तथा सामाजिक विषयवस्तुमा आधारित गीतमार्फत दर्शक–श्रोताको मन जितेका निर्मोहीको असामयिक निधनले लोकसंगीत क्षेत्रमा ठूलो क्षति पुगेको कलाकारहरूले बताएका छन्।

अन्त्येष्टि सम्बन्धी कार्यक्रम परिवारले पछि जानकारी गराउने जनाएको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖