• Saturday 10th of October 2026
  • ट्रेण्डिङ :

बालेनले गरे मन्त्रालयको संख्या घटाउने तयारी,२२ बाट १४-१५ मात्रै मन्त्रालय


  • धनकुटा खबर
  • .

काठमाडौ । भावी प्रधानमन्त्री बालेन शाहले हालको २२ वटा मन्त्रालयको संरचनालाई १४–१५ वटा मन्त्रालयमा सीमित गर्ने योजना बनाएका छन्।

उनका अनुसार यसरी मन्त्रालय घटाउँदा सरकारको कार्यक्षमता बढ्ने र प्रशासनिक खर्च पनि घट्ने अपेक्षा गरिएको छ।

संविधानअनुसार एउटा सरकारमा अधिकतम २५ जना मन्त्री राख्न सकिन्छ, त्यसैले मन्त्रालय संख्या घटाउन संविधान संशोधनको आवश्यकता छैन।

बालेनले यो योजना आफ्ना निकट नेताहरूसँग छलफल गरिसकेका छन् र आगामी मन्त्रिपरिषद गठनमा यसलाई कार्यान्वयन गर्ने तयारीमा छन्।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖