• Saturday 10th of October 2026
  • ट्रेण्डिङ :

संसद्‌मा अब ६ दल : रास्वपाको १८२ सिट, कसको कति ?


  • धनकुटा खबर
  • .

काठमाडौं । प्रतिनिधिसभामा अब ६ दल हुने भएको छ । यही फागुन २१ मा भएको निर्वाचनपश्चात् आएको मतपरिणामपछि ६ दल हुने निश्चित भएको हो ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पहिलो दल बनेको छ । रास्वपाको प्रत्यक्षतर्फ १२५ र समानुपातिकतर्फ ५७ सहित १८२ सांसद रहनेछ । त्यस्तै, नेपाली कांग्रेसको प्रत्यक्षतर्फ १८ र समानुपातिकतर्फ २० गरी ३८ सांसद रहने छन् ।

नेकपा एमालेको प्रत्यक्षतर्फ ९ र समानुपातिकतर्फ १६ गरी २५ सिट रहनेछ भने नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को प्रत्यक्षतर्फ आठ र समानुपातिकतर्फ ९ गरी १७ सांसद संसद्मा रहने छन् ।

श्रम संस्कृति पार्टीको प्रत्यक्षतर्फ तीन र समानुपातिकतर्फ चार गरी सात सांसद रहँदा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)बाट प्रत्यक्षतर्फ एक र समानुपातिकतर्फ चार गरी पाँच सांसद रहनेछन् । त्यस्तै, स्वतन्त्र एक सांसद रहनेछन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖