• Wednesday 14th of October 2026
  • ट्रेण्डिङ :

इरानद्वारा इजरायलमा क्षेप्यास्त्र प्रहार, युएईको हवाई क्षेत्र बन्द


  • धनकुटा खबर
  • .

काठमाडौं। इजरायली सेना (आईडीएफ)ले इरानबाट प्रक्षेपण गरिएका मिसाइलहरू आफ्नो देशतर्फ आइरहेको जनाएको छ र सर्वसाधारणलाई सुरक्षित स्थानमा जान आग्रह गरेको छ।

टेलिग्राममार्फत जारी गरिएको आपतकालीन सूचनामा भनिएको छ, “खतरालाई रोक्न रक्षा प्रणाली सक्रिय पारिएको छ।”

यसैबीच, रोयटर्सका अनुसार संयुक्त अरब इमिरेट्स (युएई) ले इरानबाट हुन सक्ने मिसाइल र ड्रोन आक्रमणको जोखिम बढेपछि आफ्नो हवाई क्षेत्र अस्थायी रूपमा बन्द गरेको छ।

रिपोर्ट अनुसार संयुक्त अरब इमिरेट्सको हवाई रक्षा प्रणालीले इरानबाट आउने सम्भावित मिसाइल तथा ड्रोन खतराको प्रतिकार गरिरहेको छ।

रोयटर्सकै उद्धरणमा यूएईको सरकारी समाचार एजेन्सीले मंगलबार जानकारी दिँदै उड्डयन अधिकारीहरूले “असाधारण सावधानीका उपाय” अन्तर्गत देशको हवाई क्षेत्र अस्थायी रूपमा बन्द गरिएको जनाएको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖