• Saturday 10th of October 2026
  • ट्रेण्डिङ :

राज्यको ढुकुटीबाट होइन रास्वपाले ठगहरूबाट असुलेर फिर्ता बचत गरोस् : हर्क साम्पाङ


  • धनकुटा खबर
  • .

काठमाडौं, ७ चैत । प्रतिनिधिसभा सांसद हर्क साम्पाङले राज्यको ढुकुटी बाँड्नु भनेको भ्रष्टाचार गर्नु भएको बताएका छन्।

उनले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सहकारीको बचत फिर्ता गर्दा राज्यको ढुकुटीबाट नभइ ठगहरूको जायजेथाबाट असुलेर फिर्ता गर्न आग्रह गरेका छन्।

‘सहकारीको बचत फिर्ता गर्छु भन्ने रास्वपाले राज्यको ढुकुटीबाट होइन ठगहरूको जायजेथाबाट असुलेर फिर्ता गरोस्!’

उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘राज्यको ढुकुटी बाँड्नु भनेको भ्रष्टाचार गर्नु हो! जनताले तिरेको कर बाँड्न मिल्दैन योजनाबद्ध खर्चनु पर्छ!’

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖