काठमाडौँ । प्रधानमन्त्रीको शपथ लिनुअघि सार्वजनिक गरिएको बालेन्द्र शाह (बालेन) को र्याप गीत ‘जय महाकाली’ ले युट्युबमा भ्यूजको सुनामी ल्याएको छ ।
बिहीबार साँझ सार्वजनिक भएको यो गीतले मात्र ४ घण्टाको छोटो अवधिमा समाचार तयार पार्दासम्म १४ लाख ९० हजारभन्दा बढी भ्यूज पाएर नयाँ रेकर्ड बनाउने निश्चित देखिएको छ ।
यसअघि नेपाली युट्युब इतिहासमा दुर्गेश थापा र सिसन बानियाँको गीत ‘जाने भए जाम माया’ ले २० घण्टामा १६ लाख भ्यूज पाएर रेकर्ड राखेको थियो ।
तर, बालेनको गीतले मात्र ४ घण्टामै १४ लाखको आँकडा पार गरेपछि छाेटाे अवधिमै सर्वाधिक भ्यूज पाउने नेपाली गीतको रेकर्ड राख्दै पुरानो रेकर्ड केही घण्टामै तोडिने देखिएको हो ।
राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता तथा संसदीय दलका नेता बालेनले आज (शुक्रबार) प्रधानमन्त्रीको रूपमा शपथ ग्रहण गर्दै छन् ।
