• Monday 5th of October 2026

रोनाल्डो बने विश्वकै सर्वाधिक आम्दानी गर्ने फुटबलर


  • धनकुटा खबर
  • .

एजेन्सी । क्रिस्टियानो रोनाल्डो सन् २०२३ मा विश्वकै सर्वाधिक कमाउने फुटबलर बनेका छन् ।

अमेरिकी म्यागजिन फोर्ब्सले सार्वजनिक गरेको सूचीअनुसार रोनाल्डोले लियोनेल मेस्सी र नेयमारलाई पछि पर्दै सर्वाधिक कमाउने फुटबलर बनेका हुन् ।

रोनाल्डो फोर्ब्सको सबैभन्दा धेरै कमाउने एथ्लिटको सूचीमा पनि सूचीकृत भएका छन् । उनले अन्तिम १२ महिनामा २६० मिलियन डलर कमाएका छन् ।

म्यानचेस्टर युनाइटेडबाट साउदी अरेबियन क्लब अल नासर गएका पोर्चुगलका फरवार्डले मध्यपूर्वी क्लबसँग दुई सय मिलियन डलरबराबरको सम्झौता गरेको अनुमान छ । उनले उनले विज्ञापनबाट ६० मिलियन डलर कमाएको फोर्ब्सले जनाएको छ ।

१३५ मिलियन डलरबराबरको कमाइका साथ लियोनल मेस्सी दोस्रो स्थानमा छन् । उनी सन् २०१२ मा डेभिड बेकह्यामपछि शीर्ष १० मा आउने मेस्सी पहिलो एमएलएस खेलाडी बनेका छन् ।

ब्राजिलका फरवार्ड नेमार अगस्तमा साउदी प्रो लिगमा अल हिलालमा अनुबन्ध भएका थिए । उनी ११२ मिलियन डलरसहित शीर्ष तीनमा परेका छन् ।

यस्तै केलियन एमबाप्पे चौथो स्थानमा छन् । करिम बेन्जेमा, एर्लिङ हालान्ड, मोहम्मद सलाह, साडियो माने, केभिन डे ब्रुइन र ह्यारी केन शीर्ष १० मा परेका छन् ।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖