• Friday 9th of October 2026

भीआइपी सवारीका नाममा सर्वसाधारणलाई सडकमा सास्ती दिने अभ्यास तत्काल रोक्न ट्राफिक प्रहरीलाई निर्देशन


  • धनकुटा खबर
  • .

काठमाडौ । काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले भीआइपी सवारीका नाममा सर्वसाधारणलाई सडकमा सास्ती दिने अभ्यास तत्काल रोक्न ट्राफिक प्रहरीलाई निर्देशन दिएका छन्।

शनिबार काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयको आकस्मिक निरीक्षणका क्रममा उनले यस्तो निर्देशन दिएका हुन्।

निरीक्षणका क्रममा गृहमन्त्री गुरुङले ट्राफिक प्रहरी प्रमुख एसएसपी नवराज अधिकारीसहितका अधिकारीहरूलाई नागरिकको सहज आवागमनलाई पहिलो प्राथमिकतामा राख्न स्पष्ट निर्देशन दिए।

उनले भने, ‘जनतालाई दुःख दिने गरी भीआइपीलाई विशेष सुविधा दिनु हुँदैन। हामी नागरिकका सेवक हौं, त्यसैले सडक व्यवस्थापनमा नागरिकको सुविधा नै पहिलो हुनुपर्छ।’

मन्त्रीहरूलाई गन्तव्यमा पुग्न हतार भए समयमै निस्किन सुझाव दिँदै उनले सडक खाली गराएर आम नागरिकलाई दुःख दिने प्रवृत्ति अन्त्य गर्नुपर्ने बताए।

उनका अनुसार भीआइपी सवारी व्यवस्थापनका नाममा सर्वसाधारणको दैनिक आवागमन प्रभावित हुनु स्वीकार्य नहुने स्पष्ट गरिएको छ।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖