• Friday 9th of October 2026

डा. सुभाष आचार्यलाई महान्यायाधिवक्ता नियुक्त गर्ने तयारी !


  • धनकुटा खबर
  • .

काठमाडौँ । फौजदारी कानुनका विज्ञ तथा अदालतको अभ्यासमा अब्बल मानिएका कानुन व्यवसायी अधिवक्ता डा. सुभाष आचार्यलाई बालेन सरकारको महान्यायाधिवक्तामा नियुक्त गर्ने तयारी भइरहेको स्रोतले जनाएको छ।

डा. आचार्य नेपालका चर्चित फौजदारी मुद्दाहरूमा प्रभावकारी पैरवी गर्दै आफ्नो व्यावसायिक दक्षता प्रमाणित गरेका छन् । अदालतमा तार्किक प्रस्तुति, सुसंगत कानुनी विश्लेषण तथा सन्तुलित दृष्टिकोणका कारण उनको अभ्यास प्रशंसित मानिन्छ भने उनलाई अदालतको अभ्यासमा अब्बल कानुन व्यवसायीका रूपमा हेरिन्छ।

डा. आचार्यले नेपाली सेना तथा नेपाल प्रहरीमा समेत कानुनी सल्लाहकारको भूमिका निर्वाह गरिसकेका छन्। राज्यका सुरक्षा निकायसँगको अनुभवले उनको प्रशासनिक तथा संस्थागत कानुनी समझलाई परिपक्व बनाएको बताइन्छ, जसलाई महान्यायाधिवक्ताको जिम्मेवारीका लागि उपयुक्त आधारका रूपमा लिइएको छ।

उनी लामो समयदेखि फौजदारी कानुनको अध्यापनमा संलग्न रहनुका साथै यस क्षेत्रका विभिन्न पुस्तकहरू प्रकाशित गरिसकेका छन्। फौजदारी न्याय प्रणाली, न्यायिक व्याख्या तथा विधिशास्त्रसम्बन्धी अनुसन्धान र लेखनमार्फत उनले कानुनी क्षेत्रमा महत्वपूर्ण योगदान पुर्याखउँदै आएका छन् । जसका कारण उनी सक्षम र विश्वसनीय कानुन व्यवसायीका रूपमा परिचित छन् ।

यस सम्बन्धमा प्रतिक्रिया माग्दा डा. आचार्यले सरकारले उचित निर्णय गर्ने विश्वास व्यक्त गरे । उनले औपचारिक निर्णयअघि टिप्पणी गर्नु उपयुक्त नहुने समेत बताए।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖