काठमाडौँ । प्रधानमन्त्री बालेन शाह (बालेन्द्र)को आधिकारिक तस्बिर एकै दिन दुई पटक जारी गरिएको छ ।
प्रधानमन्त्रीको सचिवालयले केही घण्टाकै अवधिमा दुई पटक तस्बिर जारी गरेको हो ।
आखिर किन सचिवालयले तस्बिर दुई पटक जारी गर्यो ? स्रोतका अनुसार पहिलो पटक जारी भएको बालेनको चस्मावाला तस्बिरमा उनले लगाएको चस्मामा एक निजी कम्पनीको ब्रान्ड देखिएपछि संशोधन गरिएको हो ।
दोस्रो पटक जारी गरिएको तस्बिरमा चस्माको ब्रान्ड मेटाइएको छ । यसबाहेक अरू कुनै संशोधन भएको छैन । बालेन कालो चस्मासहित कालो पोसाकमा देखिएका छन् । यही तस्बिर अब सरकारी कार्यालयमा प्रयोग हुनेछ ।
