• Friday 9th of October 2026

प्रतिनिधि सभाको बैठकमा रवी लामिछानेको सम्बोधन एक मिनेट, के भने ?


  • धनकुटा खबर
  • .

काठमाडौं, चैत २२ । प्रतिनिधि सभाको बैठक आज ११ बजेलाई बोलाइएको थियो । सभामुख पदको निर्वाचनका लागि बोलाइएको उक्त बैठक केवल २७ मिनेटमै सकियो। आजको बैठकले छोटो समयमै महत्वपुर्ण निर्णय गर्न सफल भयो।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद डोलप्रसाद (डीपी) अर्याल सभामुख पदमा निर्विरोध निर्वाचित भएसँगै बैठक सकिएको छ ।

बैठकमा सभामुख अर्यालको प्रस्तावकका रुपमा रोस्ट्रममा पुगेका रास्वपा सभापति रवि लामिछानेले निकै कम बोले। उनले अन्य राजनीतिक दलहरूले उम्मेदवारी नदिएर अर्याललाई समर्थन गरेकोमा धन्यवाद दिँदै ‘सदनको महत्त्वपूर्ण समय धेरै खर्च गर्न आवश्यक नरहेको बताए। सबै दलको सहमति भइसकेको अवस्थामा म धेरै बोलेर सदनको समय लिन चाहन्न’, उनले भने ।

उनले अर्यालको कार्यक्षमता र इमानदारिताले सदनको गरिमा बढ्ने विश्वास समेत व्यक्त गरे। उनले एक मिनेटमै आफ्नो सम्बोधन सकाएका थिए ।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖