• Tuesday 6th of October 2026

को हुन् पिंगलास्थानमा प्रहरीले गोली चलाएर नियन्त्रणमा लिएका व्यक्ति ?


  • धनकुटा खबर
  • .

काठमाडौँ । लागुऔषध नियन्त्रण व्यूरोको टोलीले काठमाडौँका पिंगलास्थानमा गोली चलाएर दुई जनालाई नियन्त्रणमा लिएको छ । गोली लागेर भारतको बिहार घर भएका अनिल कुमार पासवान घाइते भएको ब्यूरोका एसपी दुर्गाराज रेग्मीले बताए । उनको ट्रमा सेन्टरमा उपचार हुँदै छ ।

घटनास्थलबाट प्रहरीले अर्का एकजना कारोबारीलाई पनि पक्राउ गरेको छ ।

गएराति लागुऔषध खैरो हेरोइन कारोबार भइरहेको सूचनाको आधारमा ब्युरोका एसपी रेग्मी सहितको टोली गौशाला पुगेका थिए । प्रहरीसँग जम्काभेट भएपछि पक्राउ गर्न खोज्दा कारोबारीहरू भागेपछि गोली प्रहार गरेर नियन्त्रणमा लिइएको बताइएको छ । एसपी रेग्मी भन्छन्, ‘पिंगलास्थानमा पुगेपछि गोली प्रहार गरेर आरोपी पक्राउ गर्न सफल भयौं ।’

आरोपीहरुको साथबाट प्रहरीले करिब १ केजी खैरो हेरोइन बरामद गरेको छ । पासवानको घुँडामुनी गोली लागेको छ । घटनास्थलमा प्रहरीले दुई राउण्ड गोली चलाएको थियो ।

त्यसअघि प्रहरीले उनीहरूकै समूहका थप दुई जनालाई पक्राउ गरेको थियो ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖