• Sunday 4th of October 2026

रुसका उपविदेशमन्त्रीले हमासका प्रतिनिधिसँग भेट्ने


  • धनकुटा खबर
  • .

काठमाडौं । रुसले आफ्ना उप विदेशमन्त्रीले अर्को हप्ता कतारमा हमासका प्रतिनिधिसँग भेट्न सक्ने बताएको छ।
यस क्रममा गत हप्ताको आक्रमणपछि बन्धक बनाइएका इजरायलीहरूको रिहाइबारे छलफल हुनेछ।रुसको सरकारी समाचार एजेन्सी रिया–नोवोस्तीले यो जानकारी दिएको हो ।

बीबीसी रसियाका सम्पादक स्टिभ रोजेनबार्डले आफ्नो पछिल्लो विश्लेषणमा रूसले अहिले सम्भावित शान्ति निर्माताको भूमिका खेल्ने प्रयास गरिरहेको बताएका छन्।

उनले हमास र इरान दुवैसँग रुसको सम्बन्ध रहेको पनि बताए । इरानमाथि हमास चरमपन्थीलाई आर्थिक सहयोग गरेको आरोप पनि लगाइएको छ ।

रुसका उप-विदेशमन्त्री मिखाइल बोगदानोभले आफ्नो भ्रमणका क्रममा हमासका प्रतिनिधिहरूसँग भेट्ने सम्भावनालाई अस्वीकार नगर्ने समाचार एजेन्सीलाई बताए। उनले भने, ‘उनीहरुले चाहेमा हामी सँधै सम्पर्कको पक्षमा छौं ।

“विशेष गरी यस्तो अवस्थामा, यो बैठक बन्धकहरूको रिहाई लगायत धेरै व्यावहारिक मुद्दाहरू समाधान गर्न प्रभावकारी हुनेछ।”

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖