पर्सा । पर्साको वीरगन्ज महानगरपालिका–१० मा डेरा गरी बस्दै आएकी एक युवतीको शङ्कास्पद मृत्यु भएको छ।
प्रहरीका अनुसार रौतहटको दिपही निवासी २० वर्षीया माही गुप्ता आइतबार आफ्नै कोठाभित्र झु,न्डि,एको अवस्थामा मृत फेला परेकी हुन्।मोडलिङ क्षेत्रमा सक्रिय रहेकी माही टिकटकमार्फत स्थानीय रूपमा चिनिँदै आएकी थिइन्।
प्रारम्भिक अनुसन्धानअनुसार उनले आफ्नै गाउँका विवेक गुप्तासँग करिब ७ वर्षअघि प्रेमविवाह गरेकी थिइन्। तर पछिल्लो समय उनीहरूको सम्बन्धमा चिसोपना बढ्दै गएको बताइएको छ।
घटनाभन्दा टिकअघि माहीले आफ्नो टिकटक आइडीमा भोजपुरी भाषामा आमालाई सम्बोधन गर्दै भावुक भिडियो पोस्ट गरेकी थिइन्, जसमा उनले गहिरो एक्लोपन र असहायता व्यक्त गरेकी थिइन्।
घटनापछि प्रहरीले यसलाई गम्भीर रूपमा लिएर अनुसन्धान अगाडि बढाएको जनाएको छ। मृत्युको वास्तविक कारण पत्ता लगाउन थप अनुसन्धान जारी रहेको प्रहरीले जानकारी दिएको छ।
