काठमाडौं । नेपाली बजारमा सुनचाँदीको मूल्यमा वृद्धि भएको छ । भाउ वृद्धि भएसँगै सुन तोलाको ३ लाख नाघेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार (आज) सुनको मूल्य प्रतितोला २ हजार ९ सय रुपैयाँले वृद्धि भएको हो ।
भाउ बढेसँगै सुनको मूल्य तोलाको ३ लाख २ हजार ७ सय रुपैयाँ पुगेको छ । मंगलबार प्रतितोला २ लाख ९९ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै, चाँदीको मूल्य तोलाको १५५ रुपैयाँले वृद्धि भएको छ । भाउ बढेसँगै चाँदी ५ हजार २ सय २० रुपैयाँ प्रतितोला पुगेको छ । चाँदी मंगलबार प्रतितोला ५ हजार ६५ सय रुपैयाँ कारोबार भएको महासंघले जनाएको छ ।
