• Tuesday 6th of October 2026

झाडी हल्लिएको भरमा बंदेल ठानेर गोली चलाउंदा युवकको मृत्यु,किशोरी घाइते


  • धनकुटा खबर
  • .

काठमाडौ । प्युठानको गौमुखी–४ स्थित जुपाल सामुदायिक वनमा अवैध शिकारीको गोली लाग्दा १९ वर्षीय सुशिल परियारको मृत्यु भएको छ भने उनीसँगै रहेकी १८ वर्षीया किशोरी घाइते भएकी छन्।

चैत २९ गते राति जङ्गलमा भेटघाटका क्रममा झाडी हल्लिएको देखेपछि शिकारीले ‘बँदेल’ ठानेर भरुवा बन्दुकबाट गोली चलाएको प्रहरी अनुसन्धानबाट खुलेको छ। गम्भीर घाइते भएका सुशिलको उपचारका क्रममा बुटवलमा मृत्यु भएको हो।

घटनामा संलग्न मुख्य आरोपी वीरेन्द्र केसीसहित चारजनालाई प्रहरीले पक्राउ गरेको छ भने उनीहरूबाट दुई थान भरुवा बन्दुक बरामद गरिएको छ। पक्राउ परेकाहरूमाथि ज्यान सम्बन्धी कसुर तथा हातहतियारसम्बन्धी मुद्दामा थप अनुसन्धान भइरहेको छ।

मृतक सुशिल साढे तीन घण्टा पैदल हिँडेर किशोरीलाई भेट्न उक्त जङ्गल पुगेका थिए।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖