• Monday 5th of October 2026

नेपाली क्रिकेटमा नयाँ प्रयोग: टी-२० र एकदिवसीयका लागि छुट्टाछुट्टै कप्तान


  • धनकुटा खबर
  • .

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले आगामी घरेलु शृङ्खलाका लागि नेपाली टोलीको घोषणा गर्दै कप्तानमा नयाँ रणनीति अपनाएको छ।

क्यानले आगामी वैशाखमा हुने संयुक्त अरब इमिरेट्स (यूएई) विरुद्धको टी-२० र ओमान सम्मिलित त्रिकोणात्मक एकदिवसीय शृङ्खलाका लागि फरक-फरक कप्तान चयन गरेको हो।

क्यानका प्रवक्ता छुम्बी लामाका अनुसार अब नेपालको टी-२० टोलीको नेतृत्व आक्रामक अलराउन्डर दीपेन्द्र सिंह ऐरीले गर्नेछन् भने एकदिवसीय (ओडीआई) टोलीको कप्तानी रोहित पौडेलले नै सम्हाल्नेछन्।

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा अप्रिल २० र २१ हुने यूएईविरुद्धको टी-२० शृङ्खलाका लागि दीपेन्द्रको कप्तानीमा १५ सदस्यीय टोली घोषणा गरिएको छ। टोलीमा कुशल भुर्तेल, कुशल मल्ल, सन्दीप जोरा, आरिफ शेख, बसिर अहमद, गुलशन झा र लोकेश बम रहेका छन्। त्यस्तै बलिङतर्फ सन्दीप लामिछाने, नन्दन यादव, सन्तोष यादव, अर्जुन साउद, हेमन्त धामी, साहब आलम र शेर मल्लले स्थान बनाएका छन्। वैकल्पिक खेलाडीका रूपमा प्रतिस जिसी, नारायण जोशी र रसिद खानलाई राखिएको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖