• Tuesday 6th of October 2026

मरेको कुखुराको मासु खाँदा दुई बालकको ज्यान गयो, आमा र भाइ गम्भीर


  • धनकुटा खबर
  • .

धनगढी । कैलालीको चुरे गाउँपालिकामा मरेको बोइलर कुखुराको मासु खाँदा एकै परिवारका दुई बालकको मृत्यु भएको छ। चुरे गाउँपालिका–३, भक्तपुरका ५ वर्षीय दीपक ताम्राकार र उनका ८ वर्षीय दाजु भीम ताम्राकारको उपचारका क्रममा ज्यान गएको हो।

जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार, बिहीबार मरेको कुखुराको मासु खाएपछि उनीहरू बिरामी परेका थिए। बिरामी परेपछि शुक्रबार मात्रै प्रहरीलाई खबर गरिएको र लगत्तै उनीहरूलाई धनगढीस्थित सेती प्रादेशिक अस्पताल ल्याइएको थियो। अस्पतालमा उपचारकै क्रममा दुवै दाजुभाइको मृत्यु भएको प्रहरी निरीक्षक कैलाश विष्टले जानकारी दिए।

सोही मासु खाएका कारण मृतकका २८ वर्षीया आमा राधिका ताम्राकार र ३ वर्षीय भाइ दिपेश ताम्राकार पनि गम्भीर बिरामी परेका छन्। उनीहरूको अहिले सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ।

प्रहरीको प्रारम्भिक अनुसन्धान अनुसार ताम्राकार परिवारले स्थानीय विकास पोल्ट्री फार्म बाट मरेको कुखुरा खरिद गरी खाएका थिए। घटना सार्वजनिक भएपछि फार्म सञ्चालक मङ्गल साउद आफैँ इलाका प्रहरी कार्यालय मालाखेतीमा उपस्थित भएका छन्। प्रहरीले उनलाई आवश्यक परेका बेला उपस्थित हुने गरी आफन्तको जिम्मा लगाएर छाडेको जनाएको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖