काठमाडौं, ८ वैशाख । गतिशील सहकारी संस्थाका अध्यक्ष बलराम पाठक पक्राउ परेका छन् ।
जिल्ला प्रहरी परिसर ललितपुरका एसपी तथा प्रवक्ता गौतम मिश्र पाठकलाई इमाडोलबाट पक्राउ गरिएको हो ।
पाठक नेतृत्वको सो सहकारीले बचतकर्ताको रकम अपचलन गरेको आरोप लागे पछि उनलाइ पक्राउ गरिएको हो ।
हाल परिसर ललितपुरको हिरासतमा रहेका पाठक माथी प्रहरीले अनुसन्धान अघि बढाएको छ ।
