काठमाण्डाै – आईसीसी एकदिवसीय क्रिकेट विश्वकपमा अफगानिस्तानले इङ्ग्ल्यान्डलाई २ सय ८५ रनकाे लक्ष्य दिएकाे छ ।
दिल्लीकाे अरुण जेट्ली स्टेडियममा टस हारेर ब्याटिङकाे निम्ताे पाएकाे अफगानिस्तान ४९ ओभर ४ बलमा २ सय ८४ रनमा अलआउट भयाे ।
अफगानिस्तानका रहमानुल्लाह गुरबाजले सर्वाधिक ८० रन बनाए । यस्तै इक्राम अलिखिलले ५८ रन जाेडे । बलिङतर्फ इङ्ग्ल्यान्डका अदिल रशिदले ३ र मार्क वुडले २ विकेट लिए ।
इङ्ग्ल्यान्ड २ खेलमा २ अङ्कसहित तालिकाकाे पाँचाैँ स्थानमा छ भने अफगानिस्तान उति नै खेलमा अङ्कविहीन हुँदै पुछारमा छ ।
