काठमाडौं । काठमाडौंबाट चितवनको भरतपुरतर्फ उड्न ठिक्क परेको बुद्ध एयरको एउटा विमानको झ्यालको सिसा खसेको छ ।
शुक्रबार (वैशाख ११) मध्याह्न १२ बजेर २० मिनेटमा उड्न ठिक्क परेको विमानको सिसा झरेको हो ।
यात्रुले विमानको आपत्कालीन ढोका खोल्दा सिसा झरेपछि त्यसको उडान रोकिएको छ । यात्रुलाई अर्को विमानमार्फत भरतपुर पठाइएको नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता ज्ञानेन्द्र भुलले जानकारी दिए ।
बुद्ध एयरले यसलाई ‘सामान्य घटना भएको’ भनेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका प्रवक्ता सन्तुष्टकुमार बस्नेतले बताए । यसबारे कार्यालयले बुद्ध एयरलाई स्पष्टीकरण सोधेको उनले जानकारी दिए ।
