• Tuesday 6th of October 2026

बिरीयानीपछि तरबूजा खाँदा एउटै परिवारका ४ जनाको मृत्यु


  • धनकुटा खबर
  • .

मुम्बई । भारतको मुम्बईस्थित पायधुनी क्षेत्रमा बिरीयानी खाएपछि तरबूजा खाँदा एउटै परिवारका चार जनाको मृत्यु भएको घटना सार्वजनिक भएको छ। प्रारम्भिक अनुसन्धानमा खाद्य विषाक्तता (फुड प्वाइजनिङ) को आशंका गरिएको प्रहरीले जनाएको छ।

मृत्यु हुनेमा बाबु–आमा र दुई छोरी रहेका छन्। उनीहरूले शनिबार राति करिब १०:३० बजे आफन्तहरूसँगै बिरीयानी खाएका थिए। तर, सोही राति करिब १ बजे ती चार जनाले मात्र तरबूजा खाएको बताइएको छ।

प्रहरीका अनुसार बिहान सबेरैदेखि उनीहरूमा बान्ता, झाडापखाला र अत्यधिक अस्वस्थता देखिन थालेको थियो। अवस्था गम्भीर बन्दै गएपछि उपचारका लागि अस्पताल पुर्‍याइए पनि उपचारकै क्रममा चारै जनाको मृत्यु भएको हो।

बिरीयानी खाएका अन्य आफन्तमा कुनै समस्या नदेखिएकोले तरबूजाबाट विषाक्तता भएको हुन सक्ने आशंका गरिएको प्रहरीको भनाइ छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖