काठमाडौँ । काठमाडौँको बयाँ बसपार्क नजिकै विष्णुमती नदी किनारमा रहेका संरचना भत्काउन पुगेको डोजर स्थानीयले लालपुर्जा देखाएपछि केहीबेर रोकियो । तर त्यसको केही समयमै उक्त घर भत्काउन डोजर अघि बढेको छ ।
शनिबार नदी किनारका अनधिकृत संरचना हटाउने अभियानअन्तर्गत डोजरले पुर्जा देखाएपनि घर भत्काएको हो ।
पुर्जाबारे आवश्यक छानबिन हुँदा भत्काउनु नै पर्ने देखिएपछि भत्काउन सुरु गरिएको प्रहरीको भनाइ छ ।
यसअघि विष्णुमती किनारमा रहेका ६ वटा घरका धनीहरूले आफ्ना घरको भित्तामा जग्गाको लालपुर्जा रहेको दाबी गरेका थिए । ती घरहरू खोलाको किनारै छुने गरी निर्माण गरिएका छन् ।
