काठमाडौ । राष्ट्रिय परीक्षा बोर्डले एसईई (SEE) को नतिजा आउँदो हप्ताको मंगलबारभित्र प्रकाशन गर्ने तयारी तीव्र पारेको छ।
बोर्डका अनुसार उत्तरपुस्तिका परीक्षण र अन्तिम प्रमाणीकरणको काम लगभग अन्तिम चरणमा पुगेको छ। सबै प्रक्रिया समयमै पूरा भएमा नतिजा निर्धारित समयभित्रै सार्वजनिक गरिने बताइएको छ।
एसईई नतिजा नजिकिँदै गर्दा विद्यार्थी, अभिभावक र विद्यालयमा उत्साह र चासो बढेको छ।
अबको केही दिनमै नतिजाको औपचारिक घोषणा हुने अपेक्षा गरिएको छ।
