• Tuesday 6th of October 2026

काठमाडौं एयरपोर्टमा जहाज धकेल्दै सहयोगीहरू


  • धनकुटा खबर
  • .

काठमाडौ । नेपालमा मोटर धकेलिएको त देखेकै हो, तर यसरी जहाज धकेलिएको दृश्य विरलै देखिन्छ ।

काठमाडौँको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्गमा गुडिरहेको जहाजलाई मानिसहरूले धकेल्दै गरेको तस्बिरले अहिले सामाजिक संजालमा निकै भाइरल बनेको छ।

समिट एयरको ९ एन–एएमजी कलसाइन रहेको जहाजमा प्राविधिक समस्या देखिएपछि यो स्थिति सिर्जना भएको थियो।

अवतरण गरिसकेपछि ट्याक्सी-वे मा जाँदै गर्दा जहाजको टायर पड्किएपछि जहाज बिच बाटोमै रोकिएको थियो।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖