• Tuesday 6th of October 2026

साथीकै खु’कुरी प्र’हा’रबाट कीर्तिपुरमा विपिनको अ’न्त्य, हिरासतबाट छुटेका व्यक्तिको समेत हात


  • धनकुटा खबर
  • .

काठमाडौ । काठमाडौंको कीर्तिपुरमा एउटा यस्तो हृ’दयविदारक घ’ट’ना घटेको छ, जसले मित्रताको परिभाषामाथि नै प्रश्न उठाएको छ। २४ वर्षीय विपिन घिमिरे, जो आफ्ना सुन्दर सपना बुन्दै गुल्मीको धुर्कोटबाट कीर्तिपुर आएका थिए, उनलाई आफ्नै साथीहरूले मृ’त्यु’को मुखमा धकेलेका छन्।

बुधबार दिउँसो कीर्तिपुर–१० पोडेटोलमा उनीमाथि धा’रिलो ह’ति’यार प्र’हार भयो र उपचारको क्रममा अस्पताल पुर्‍याउँदा नपुर्‍याउँदै उनले यो संसार छो’डे।

प्रहरीको प्रारम्भिक अनुसन्धानले झन् ड’रलाग्दो तथ्य बाहिर ल्याएको छ— यो अ’पराधमा संलग्न ६ जनाको समूहमध्ये एक व्यक्ति त केही दिनअघि मात्रै प्रहरी हि’रा’सतबाट छुटेका थिए।

सामान्य वि’वादका नाममा सुरु भएको यो आ’क्रमणले एउटा तन्नेरी जीवनलाई सदाका लागि नि’भाइदिएको छ। हालसम्म प्रहरीले तीन जनालाई नियन्त्रणमा लिएको छ भने मुख्य अभियुक्तहरू अझै फरार छन्।

एउटा आमाको काख र बाबुको सहारा खोस्ने अ’प’रा’धीहरूको खोजीमा काठमाडौं उपत्यका अ’प’राध अनुसन्धान कार्यालय र कीर्तिपुर वृत्तको टोली दिनरात जुटिरहेको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖