• Tuesday 6th of October 2026

ओभरटेक गर्ने क्रममा बस दुर्घटना, चालक सहित १७ जना घाइते


  • धनकुटा खबर
  • .

धनुषा । धनुषा जिल्लाको मिथिला नगरपालिकामा यात्रुवाहक बस दुर्घटना हुँदा १७ जना घाइते भएका छन्। पूर्व–पश्चिम राजमार्ग अन्तर्गत मिथिला नगरपालिका–९ स्थित फुटबल ग्राउण्ड नजिक उक्त दुर्घटना भएको प्रहरीले जनाएको छ।

काठमाडौँबाट विराटनगरतर्फ जाँदै गरेको बागमती प्रदेश ०१–००६ ख ५२३७ नम्बरको बस अर्को बसलाई ओभरटेक गर्ने क्रममा अनियन्त्रित भई सडकमा पल्टिएको हो।

बसमा ३३ जना यात्रु सवार रहेका थिए। दुर्घटनामा चालकसहित १७ जना घाइते भएका छन्।

घाइतेहरूको धनुषाको लालगढस्थित मोडल अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖