• Wednesday 7th of October 2026

ज्ञानेन्द्र शाहीको प्रश्न : यो सरकार हो कि आतङ्कवादी ?


  • धनकुटा खबर
  • .

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) संसदीय दलका नेता ज्ञानबहादुर शाहीले सरकारले सुकुम्वासी हटाउने क्रममा अपनाएको शैलीप्रति कडा आपत्ति जनाएका छन्।

मंगलबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले सुकुम्वासी हटाउने नाममा गरिएको कार्यलाई “आतङ्कवादी शैली” सँग तुलना गर्दै सरकारको आलोचना गरे।

शाहीले अव्यवस्थित बस्ती व्यवस्थापन आवश्यक भए पनि मानवीय संवेदनालाई बेवास्ता गरेर डोजर चलाउने काम स्वीकार्य नहुने बताए।

“सरकारी जग्गा अतिक्रमण गर्नेहरू हटाउनुपर्छ तर सरकार सरकार हो कि आतङ्कवादी हो?” भन्दै उनले प्रश्न गरे।

उनले शक्ति र पहुँचका आधारमा मात्र कारबाही नहुने हो भने मन्त्रीका घरमै किन डोजर नचलाइएको भन्दै व्यंग्यसमेत गरे।

सुकुम्वासी हटाउने क्रममा दुई जनाको ज्यान गएको उल्लेख गर्दै शाहीले नागरिकको ज्यान जोगाउनु सरकारको पहिलो जिम्मेवारी हुनुपर्ने धारणा राखे।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖