• Wednesday 7th of October 2026

छोराले गरे आमामाथि बलात्कारको प्रयास


  • धनकुटा खबर
  • .

बारा । बारा जिल्लाको निजगढमा आफ्नै छोराले बलात्कार गर्ने प्रयास गरेको आरोप लगाउँदै आमाले प्रहरीमा उजुरी दिएकी छन् ।

निजगढ नगरपालिकामा एक ५६ वर्षीय महिलाले आफूमाथि आफ्नै छोराले बलात्कारको प्रयास गरेको आरोप लगाउँदै प्रहरीले उजुरी दिएकी हुन् ।

पीडित भनिएकी महिलाले आफ्ना ३६ वर्षीय छोराविरुद्ध इलाका प्रहरी कार्यालय निजगढमा उजुरी दिएको बुझिएको छ ।

पतिले बहुविवाह गरेपछि छोरासँग बस्दै आएकी पीडित भनिएकी महिलाले आफूमाथि छोराले असोज २६ गते बलात्कार गर्ने प्रयास गरेको भन्दै उजुरी गरेको इलाका प्रहरी कार्यालय निजगढले जनाएको छ ।

पीडितको स्वास्थ्य परीक्षण असोज २७ गते प्रादेशिक अस्पताल कलैया भएको इलाका प्रहरी कार्यालय निजगढका प्रहरी निरीक्षक घनश्याम श्रेष्ठले जानकारी दिए । घटना पश्चात् आरोपित फरार भएकोले खोजतलास भइरहेका उनले बताए ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖