• Wednesday 7th of October 2026

हर्क साम्पाङको पार्टीले संसदमा देखाएको पर्चामा के छ ?


  • धनकुटा खबर
  • .

काठमाडौँ । प्रतिनिधिसभा बैठक चलिरहेको बेला हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीले सभामुखको अगाडि पर्चासहित प्रदर्शन गरेको छ ।

सोमबार संसद सुरु हुनासाथ गरिएको प्रदर्शनका क्रममा सो पार्टीका सांसदको छातीमा ‘प्रधानमन्त्री संसदप्रति जवाफदेही बन्नै पर्छ’ लेखिएको पर्चा टाँसिएको थियो ।

यस्तै पर्चामा प्रश्नदेखि भाग्न पाइँदैन, जनमतलाई सम्मान गर, संसद छलेर अध्यादेश ल्याउन बन्द गर, संसदीय मर्यादा पालन गरजस्ता नारा समेत लेखिएको थियो ।

यसरी श्रम संस्कृति पार्टीले संसदभित्र प्रदर्शन गरेपछि मर्यादित बन्न श्रम संस्कृति पार्टीलाई सभामुखले आग्रह गरेका छन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖