धनुषाको लालगढ र महोत्तरी बर्दिवासको बीचमा बैतडी घर भएका एक सैनिक जवानको मृत्यु भएको छ ।
आइतबार बिहान धनुषाको लालगढ र महोत्तरी बर्दिवासको बीचमा रहेको रातु खोलको पुलबाट हाम फाल्दा उनको मृत्यु भएको हो ।
तर परिवारले भने हाम नफालेको हुन सक्ने बताएका छन् । बैतडी घर भइ हाल धनुषाको धारापानीस्थित ब्यारेकमा कार्यरत सैनिक जवान विक्रम सिँह बोहराको मृत्यु भएको हो । घटना बारेमा अनुसन्धान भइरहेको बताइएको छ ।-नयाँ सन्देश
