• Sunday 4th of October 2026

धुरन्धरः २ माथी सेनाको सुचना चुहावट गरेको आरोप, उच्च अदालतले भन्याे,’केन्द्र सरकार अनुसन्धान गर’


  • धनकुटा खबर
  • .

नयाँदिल्ली, ७ जेठ । सबैभन्दा बढी कमाउने रणवीर सिंहको फिल्म ‘धुरंधर २’ कानुनी विवादमा फसेको छ। 

दिल्ली उच्च अदालतले बुधबार केन्द्र सरकार र सेन्सर बोर्ड (सीबीएफसी)लाई फिल्म विरुद्धको याचिकाको छानबिन गर्न निर्देशन दिएको छ।

सशस्त्र सीमा बल (एसएसबी) का एक सिपाहीले फिल्ममा सैन्य अपरेशनसँग सम्बन्धित गोप्य जानकारी चित्रण गरिएको आरोप लगाउँदै सार्वजनिक हितको मुद्दा दायर गरेका थिए । जवाफमा अदालतले फिल्म काल्पनिक हुन सक्छ तर सुरक्षा चिन्तालाई बेवास्ता गर्न सकिँदैन भनिदिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

मुख्यन्यायधीश देवेन्द्र कुमार उपाध्याय र न्यायाधीश तेजस कारियाको इजलासले यस मुद्दाको सुनुवाइ गरेको थियो । अदालतले सूचना तथा प्रसारण मन्त्रालय र केन्द्रीय फिल्म प्रमाणन बोर्ड सीबीएफसी० लाई निवेदनमाथि विचार गर्न र निर्णय लिन निर्देशन दिएको छ ।

अदालतले टिप्पणी गरेको छ कि फिल्म मनोरञ्जन उद्देश्यका लागि सिर्जना गरिएको काल्पनिक कथा भए पनि यसको प्रभावलाई अस्वीकार गर्न भने सकिँदैन भन्दै अदालतले फिल्मलाई आधिकारिक गोपनीयता ऐनको कथित उल्लङ्घनको लागि अनुसन्धान गर्न आदेश दिएको छ ।

 
एसएसबीका हेड कन्स्टेबल दीपक कुमारले दायर गरेको निवेदनमा आरोप लगाइएको छ कि फिल्मले सैन्य अपरेशनको सूक्ष्म विवरणहरू चित्रण गरेको छ, जसले देशको सुरक्षा र अखण्डतालाई खतरामा पार्न सक्ने भन्दै आपत्ति जनाएका थिए । 

निवेदकका अनुसार फिल्ममा केही स्थान र पात्रहरूलाई वरिष्ठ अधिकारीहरू र शहीद सैनिकहरूसँग मिल्दोजुल्दो तरिकाले चित्रण गरिएको थियो, यस्तो स्पष्ट चित्रण राष्ट्रिय सुरक्षाको लागि अनुपयुक्त हुने उनको दावी थियो ।

उच्च अदालतले मुद्दाको गम्भीरतालाई ध्यानमा राख्दै निवेदनलाई सिधै खारेज भने गरेन। तर, इजलासले निवेदकले उठाएका मुद्दाहरूलाई उचित रूपमा विचार गरी समाधान गर्न आवश्यक रहेको भने उल्लेख गरेको छ ।

अदालतले यो रिट निवेदनलाई प्रतिनिधित्वको रूपमा लिएर सूचना तथा प्रसारण मन्त्रालयलाई जिम्मा दिएको छ। अब, सरकार र सेन्सर बोर्डले संयुक्त रूपमा यस विषयमा अन्तिम निर्णय गर्नु पर्नेछ।

धुरन्धरः२ ले बक्स अफिसमा असाधारण रूपमा राम्रो प्रदर्शन गरेको थियो, जसकाकारण भारतमा दोस्रो सर्वाधिक कमाई गर्ने फिल्मको रेकर्ड बनाउनसमेत सफल भएको थियो ।

सैकनिल्कका अनुसार फिल्मले अहिलेसम्म भारतमा लगभग ११.४५ बिलियन ग्रस कलेक्सन र विश्वव्यापी रूपमा लगभग १७.९७ बिलियन नेट कलेक्सन सङ्कलन गरेको थियो  ।ग्रेस कलेक्सन कुल टिकट बिक्री हो, जबकि नेट कलेक्सन कर पछिको आम्दानी हो।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖