• Wednesday 7th of October 2026

राष्ट्रपतिद्वारा मध्यरातमा दुई विधेयक प्रमाणीकरण


  • धनकुटा खबर
  • .

काठमाडौं, जेठ १८ । राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसद्को दुवै सदनको बैठकबाट पारित भई प्रमाणीकरणका लागि पेस हुन आएका दुई विधेयक प्रमाणीकरण गरेका छन् ।

राष्ट्रपति पौडेलले प्रतिनिधिसभा सदस्य निर्वाचन पहिलो संशोधन विधेयक, २०८३ र मतदाता नामावली पहिलो संशोधन विधेयक, २०८३ विधेयक नेपालको संविधानको धारण ११३ को उपधारा (२) बमोजिम प्रमाणीकरण गरेको राष्ट्रपति कार्यालयका प्रवक्ता रितेशकुमार शाक्यले जानकारी दिए।

यसअघि विपक्षी दलका सांसदले विरोध गरे पनि प्रतिनिधिसभा नियमावली, २०८३ प्रतिनिधिसभाको बैठकबाट पारित भएको थियो ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖