• Wednesday 7th of October 2026

तोकियो सहुलियतमा बिक्री गर्ने खसी, बोका र च्याङ्‍ग्राको मूल्य


  • धनकुटा खबर
  • .

काठमाडौं । सरकारले सहुलियत मूल्यमा बिक्री गर्ने खसी, बोका र चाङ्ग्राको मूल्य तोकेको छ ।

३० असोजदेखि बिक्री गर्ने गरी जिउँदो खसी–बोका र चाङ्ग्राको प्रतिकेजी मूल्य निर्धारण गरिएको खाद्य व्यवस्था तथा व्यापार कम्पनीले जनाएको छ ।

कम्पनीका अनुसार जिउँदो खसी–बोकाको प्रतिकेजी मूल्य ६८० रुपैयाँ र जिउँदो चाङ्ग्राको प्रतिकेजी मूल्य १ हजार २६० रुपैयाँ तोकिएको छ । उक्त मूल्यमा प्रतिकेजी १० रुपैयाँ छुट पाइने छ ।

कम्पनीले देशका विभिन्न स्थानबाट एक हजार च्याङ्ग्रा र २ हजार खसीबोका काठमाडौं भित्र्याएको छ ।

काठमाडौंको थापाथलीस्थित कम्पनीको प्रादेशिक कार्यालयबाट ३० असोज बिहान ८ बजेदेखि हुनेछ खसी, बोका र च्याङ्ग्राको बिक्री वितरण हुने कम्पनीले जनाएको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖