• Wednesday 7th of October 2026

सगरमाथा क्षेत्रमा सम्पर्कविहीन जर्मन नागरिक ५ दिनपछि फेला


  • धनकुटा खबर
  • .

साेलुखुम्बु – सोलुखुम्बुको सगरमाथा क्षेत्रमा सम्पर्कविहीन जर्मन नागरिक ५ दिनपछि फेला परेका छन् ।

गएको शुक्रवारदेखि सोलुखुम्बुको खुम्बु क्षेत्रमा सम्पर्कविहीन बनेका जर्मन नागरिक डा. साखर गम आज साेमवार लबुचेमा फेला परेका प्रहरीले जनाएको छ । एक्लै खुम्बु भ्रमणमा आएका ७६ वर्षका गमलाई लबुचेमा रहेको एक होटलमा बिरामी अवस्थामा फेला पारिएको हो ।

गएकाे शुक्रवार काठमाण्डाैबाट जहाजमार्फत लुक्ला ओर्लिएका उनी सम्पर्कविहीन भएका भन्दै नेपालमा रहेकाे जर्मन दूतावासले सोलुखुम्बु प्रहरीलाई खबर गरेकाे थिए । त्यसपछि नेपाल प्रहरी, सगरमाथा राष्ट्रिय निकुञ्ज, नेपाल मानव अधिकार सङ्गठन लगायतले खोजी गरेका थिए ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖