• Sunday 4th of October 2026

रंगीलाका नायिकका पुर्व पतिले गरे दोस्रो बिबाह, उर्मिलाले दिइन् बधाई


  • धनकुटा खबर
  • .

मुम्बई, २ असार ।  उर्मिला मातोंडकरका पूर्व पति मोहसिन अख्तरले पुनः विवाह गरेका छन्। 
 
इन्स्टाग्राममा विवाहको तस्बिर सेयर गर्दै उनले निधा भट्टसँग विवाह गरेको खुलासा गरेका हुन् ।
 
विवाहका झलकहरू साझा गर्दै मोहसिनले भावनात्मक पोस्ट लेख्दै भनेका छन् कि, ‘साँचो मनसाय, इमानदार प्रेम र धैर्यताका साथ मैले फेरि प्रेम पाएको छु ।’ उनले आफ्नी श्रीमती निधा भट्टप्रति कृतज्ञता व्यक्त गर्दै लेखेका छन कि ‘उनी आएर मेरो जीवनमा प्रकाश ल्याइ दिएकी छिन्।’
 
मोहसिनले आफ्नो पोस्टमा आफ्ना दिवंगत प्रियजनहरूलाई पनि सम्झँदै भनेका छन् कि उनीहरूको प्रार्थना र आशीर्वादका कारण नै जीवनमा यो नयाँ साथी पाएका हुन्। उनले उनीहरू दुवैको लागि प्रार्थनाको लागि पनि अपील गरेका छन्।
 
मोहसिन अख्तरको यसअघि अभिनेत्री उर्मिला मातोंडकरसँग विवाह भएको थियो। दुवैले फेब्रुअरी ४, २०१६ मा एक निजी समारोहमा उनीहरूको विवाह  गरेका थिए। त्यतिबेला उनीहरूको विवाह अन्तरधार्मिक विवाह र उनीहरू बीचको १० वर्षको उमेरको भिन्नताको कारणले समाचारमा थियो। कश्मीरी व्यापारी तथा मोडेल मोहसिनले उर्मिलालाई पहिलो पटक २०१४ मा फेसन डिजाइनर मनिष मल्होत्राकी भतिजीको विवाहमा भेटेका थिए।

अचानक २०२४ मा उनीहरूको सम्बन्धमा तनावको रिपोर्ट आएको थियो। सेप्टेम्बर २०२४ मा उर्मिलाले मुम्बईको एक अदालतमा सम्बन्ध विच्छेदको लागि निवेदन दिएको खबर आएको थियो। पुर्व पतिको बिबाह भए पछि उनले बधाई दिएकी छिन् ।

उर्मिला कलयुग र मासूम जस्ता चलचित्रहरूमा बाल कलाकारको रूपमा देखा परेकी थिइन । उनले १९९१ मा नरसिंहबाट मुख्य अभिनेत्रीको रूपमा डेब्यू गरिन्। उनले रंगीला, जुदाई, सत्य, कौन, प्यार तुने क्या किया, भूत र एक हसिना थी जस्ता चलचित्रहरूमा काम गरिसकेकी छिन्।
उर्मिला अन्तिम पटक २०१८ मा इरफान खानको चलचित्र ब्ल्याकमेलमा एक विशेष नृत्य नम्बर बेवफाई ब्यूटीमा ठूलो पर्दामा देखिएकी थिइन्। उनी ‘डान्स इन्डिया डान्स लिटिल मास्टर्स’ २०१८ र कलर्स टिभीको कार्यक्रम ‘हुनरबाजः देश की शान’ २०२२ मा न्यायाधीशको रूपमा पनि देखा परेकी थिइन । 

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖