• Monday 5th of October 2026

उरूग्वे र साउदी पनि बराबरीमा रोकिए, बाँडे १-१ अंक


  • धनकुटा खबर
  • .

काठमाडौं । फिफा विश्वकप–२०२६ मा उरुग्वे र साउदी अरबले बराबरी खेलेर अंक बाडेका छन् ।

 

मंगलबार बिहान अमेरिकाको फ्लोरिडास्थित मियामी फुटबल रंगशालामा सम्पन्न भएको खेलमा दुवै टोली १–१ बराबरीमा रोकिएर अंक बाडेका हुन ।

 

साउदीले खेलको पहिलो हाफको ४१औं मिनेटमा अग्रता लिएर सुरूवात गरेको थियो । साउदी खेलाडी अब्दुल्लाह अल अम्रीले गोल गर्दै साउदीलाई अग्रता दिलाएका हुन । पहिलो हाफ साउदीको १–० को कब्जामा रहयो ।  

 

साउदीको निरन्तर दबाबमा परेको उरूग्वे  खेलको अन्त्यतिर मात्रै खेलमा फर्कियो । ८०औं मिनेटमा उरुग्वेका लागि म्याक्सीमिलिनो अराजोले गोल गर्दै खेल बराबरीमा  ल्याई पुर्‍याए ।

 

त्यसपछि दुवैतर्फबाट गोल हुन सकेन र खेल अन्तिममा बराबरीमा सकियो । यो खेलसँगै समूह ‘एच’ मा ४ वटै टोलीले पहिलो खेलपछि समान एक अंक जोडेका छन् । 

 

आज भएका तीनै खेल बराबरीमा रोकिन पुगेका छन् । यस अघि स्पेन र केप भर्डे पनि गोलरहित बराबरी खेलेका थिए । यसअघि आज भएको पहिलो खेलमा बेल्जियम र इजिप्ट १–१ को बराबरीमा रोकिएका थिए । आजको तेस्रो खेलमा इरान र न्यूजिल्यान्ड भिड्नेछन् । 

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖