• Monday 5th of October 2026

ट्युनिसिया विरुद्ध चौथो मिनेटमै जापानको अग्रता


  • धनकुटा खबर
  • .

काठमाडौँ । फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘एफ’ मा ट्युनिसिया र जापानबीच जारी खेलमा जापानले प्रारम्भमै अग्रता लिएको छ।

खेल सुरु भएको चौथो मिनेटमै जापानका दाइची कामाडाले गोल गर्दै टोलीलाई १–० को अग्रता दिलाएका छन्।

खेल निकै छिटो गतिमा अघि बढिरहेको छ। प्रारम्भिक मिनेटमै गोल भएपछि ट्युनिसियामाथि दबाब बढेको छ भने जापानले सुरुवाती अग्रता सम्हाल्ने प्रयास गरिरहेको छ।

यो खेल ट्युनिसियाका लागि समूह चरणमा जीवित रहन अत्यन्त महत्वपूर्ण मानिएको छ भने जापान जितसँगै नकआउट चरणतर्फ नजिकिने लक्ष्यमा छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖