• Sunday 4th of October 2026

भन्सालीको ‘लभ एन्ड वार’को सेटमा भयानक दुर्घटना, क्षतिपुर्तिसहित ४० लाख सहयोग


  • धनकुटा खबर
  • .

मुम्बई, ९ असार । सञ्जय लिला भन्सालीको  ‘लभ एण्ड वार’ को सेटमा भएको दुर्घटनाले बलिउडमा सबैलाई स्तब्ध बनाएको छ। 

 

मुम्बईको गोरेगाउँस्थित रोयल पम्प स्टुडियोमा भएको घटनाले सबै दुखी भएका छन्। यद्यपि, भन्साली प्रोडक्सनले मुद्दाको गम्भीरतालाई बुझ्दै क्षतिपूर्तिको घोषणा गरेको छ।

 

संजय लीला भन्सालीको फिल्म ‘लभ एण्ड वार’ को सेटमा एउटा दुखद घटना घट्यो। दुर्घटनामा ४२ वर्षीय एक मजदुरको ज्यान गयो। यो घटना जुन १७, २०२६ को बिहान मुम्बईको गोरेगाउँस्थित रोयल पम्प स्टुडियोमा भएको थियो। यो घटनाले सम्पूर्ण फिल्म उद्योगलाई स्तब्ध बनाएको छ।

 

मृतक चन्द्रधारी सिंह यादव ४२ वर्षीय थिए र पेशाले सिकर्मी थिए। उनी फिल्म स्टुडियो सेट्स एण्ड अलाइड मजदूर युनियनका सदस्यसमेत थिए। फिल्म सेट निर्माण भइरहेको बेला अचानक सर्ट सर्किटका कारण उनलाई गम्भीर बिजुलीको झट्का लाग्यो, जसको परिणामस्वरूप उनी गम्भीर रूपमा जल्न पुगेका थिए। उपचारका लागि अस्पताल पुग्दा डाक्टरहरूले उनलाई मृत घोषित गरिदिए । 

 

चन्द्रधारीले आफ्नी श्रीमती र दुई साना छोरीहरूलाई छोडेर स्वर्गेवास गएका छन्। भन्साली प्रोडक्सनले यस दुखद समयमा अगाडि बढेको छ र दुखद क्षतिको जिम्मेवारी लिएको छ। प्रोडक्सन हाउसले शोक सन्तप्त परिवारलाई ४० लाख भारतीय रूपैयाँ आर्थिक सहयोगको घोषणा गरेको छ।

 

एनडीटीभीको रिपोर्ट अनुसार युनियनका अध्यक्ष बीएन तिवारीले मृतकका छोराछोरीको उमेर कम भएकोले क्षतिपूर्ति रकम ५० लाख रुपैयाँ पुर्‍याउन माग गरेका छन्। महासंघले निर्देशक सञ्जय लीला भन्सालीलाई चन्द्रधारीका दुई छोराछोरीको पूर्ण शिक्षा खर्च बेहोर्न र उनकी श्रीमतीलाई प्रोडक्सन हाउसमा जागिर उपलब्ध गराउन पनि अनुरोधसमेत गरेको छ।

 

यो दुर्घटना पछि फिल्म सेटमा काम गर्ने दैनिक ज्यालादारी गर्ने मजदुरहरूको सुरक्षामाथि फेरि एक पटक प्रश्न उठेको छ, जहाँ उनीहरूको जीवनको मूल्य केही लाख रुपैयाँमा तौलिएको भनेर आलोचना भइरहेको छ । । महासंघले अब सबै उत्पादन गृहहरूलाई सेटहरूमा कडा सुरक्षा उपायहरू लागू गर्न र काम गर्ने घण्टा नियमन गर्न जोडदार अपीलसमेत गरेको छ।
 

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖