• Wednesday 7th of October 2026

पाँच वर्षपछि गोलघरबाट निकालिए ‘गोरे’


  • धनकुटा खबर
  • .

काठमाडौं: गोलघरभित्र राखिएका चूडामणि उप्रेती ‘गोरे’लाई सुन्धारा कारागार प्रशासनले बाहिर निकालेको छ। गोरेले आफूमाथि सुरक्षा खतरा नरहेको बताएपछि गोलघरबाट अर्को स्थानमा सारिएको हो।

गएको शुक्रबार उनलाई गोलघरबाट बाहिर निकालिएको कारागार स्रोतले जानकारी दियो। पाँच वर्षयता उनलाई कारागारको गोलघरभित्र राखिएको थियो। अब भने कारागारमै अरू कैदीसरह रहनेछन्।

साढे ३३ किलो सुन तस्करी र मोरङको उर्लाबारीका सनम शाक्य हत्या प्रकरणमा जिल्ला अदालत मोरङले उनलाई दोषी ठहर गरेको थियो।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖