चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को जारी महाधिवेशन अन्तर्गत केन्द्रीय सदस्यका लागि भएको निर्वाचनमा सातै प्रदेश (भूगोल समूह) बाट सर्वाधिक मत ल्याउने उम्मेदवारहरूको नामावली सार्वजनिक भएको छ ।
निर्वाचन आयोगले सार्वजनिक गरेको विद्युतीय मतदानको नतिजाअनुसार आ–आफ्नो प्रदेशमा सबैभन्दा बढी मत प्राप्त गरी पहिलो स्थान हासिल गर्ने उम्मेदवारहरूकाे नामावली यस्ताे रहेकाे छ :
कोशी प्रदेश: निशा मेहता
निशा मेहताले १ हजार ८६१ मत प्राप्त गर्दै कोशी प्रदेशबाट सर्वाधिक भोट ल्याउने उम्मेदवार बनेकी छन् ।
मधेस प्रदेश: सुष्मा बस्नेत
मधेस प्रदेशतर्फ सुष्मा बस्नेत १ हजार ४१८ मतसहित पहिलो स्थानमा छिन् ।
बागमती प्रदेश: प्रभा ढकाल
बागमती प्रदेशबाट प्रभा ढकालले सर्वाधिक १ हजार ५१३ मत प्राप्त गरेकी छन् ।
गण्डकी प्रदेश: पवित्रा थापा
गण्डकी प्रदेशमा पवित्रा थापा १ हजार ४२ मतसहित अग्रस्थानमा रहेकी छन् ।
लुम्बिनी प्रदेश: कल्पना पाण्डे
लुम्बिनी प्रदेशतर्फ कल्पना पाण्डेले १ हजार १०७ मत प्राप्त गर्दै सर्वाधिक भोट ल्याएकी छन् ।
कर्णाली प्रदेश: सीता वादी
कर्णाली प्रदेशमा सीता वादीले १ हजार ७५१ मत प्राप्त गर्दै पहिलो स्थान कायम गरेकी छन्।
सुदूरपश्चिम प्रदेश: हेमराज थापा
सुदूरपश्चिम प्रदेशबाट हेमराज थापाले सर्वाधिक २ हजार ३० मत प्राप्त गरेका छन् ।
