काठमाडौँ । फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘जे’ मा साविक विजेता अर्जेन्टिनाले जोर्डनविरुद्ध आफ्नो अग्रता फराकिलो बनाएको छ।
जारी खेलको ८०औँ मिनेटमा कप्तान लियोनेल मेसीले गोल गर्दै अर्जेन्टिनालाई ३–१ को अग्रता दिलाएका हुन्। दोस्रो हाफमा बेन्चबाट मैदान प्रवेश गरेका मेसीले केही समयमै गोल गर्दै आफ्नो प्रभाव देखाएका छन्।
यसअघि अर्जेन्टिनाका लागि १९औँ मिनेटमा जियोभानी लो सेल्सोले फ्रिकिकमार्फत पहिलो गोल गरेका थिए भने ३१औँ मिनेटमा लाउटारो मार्टिनेजले पेनाल्टीमा दोस्रो गोल थपेका थिए।
जोर्डनका लागि ५५औँ मिनेटमा मुसा अल तमारीले एहसान हद्दादको पासमा गोल गर्दै अन्तर घटाएका थिए। तर मेसीको गोलसँगै अर्जेन्टिनाले पुनः दुई गोलको अग्रता बनाएको छ।
समूह विजेताका रूपमा यसअघि नै नकआउट चरणमा स्थान सुरक्षित गरिसकेको अर्जेन्टिना लगातार तेस्रो जिततर्फ अग्रसर देखिएको छ।
