• Sunday 4th of October 2026

‘सेक्स रयाकेट’मा संलग्न दुई भारतीय अभिनेत्री पक्राउ, ३ लाखकाे थियाे डिल


  • धनकुटा खबर
  • .

मुम्बई, १८ असार  । मुम्बई प्रहरीको अपराध शाखाले गिरगाउँको एक प्रतिष्ठित होटलमा छापा मारेर कथित हाई प्रोफाइल सेक्स र्‍याकेटको पर्दाफास गरेको छ।

अपरेशनको क्रममा फिल्म र टेलिभिजन उद्योगसँग सम्बन्धित दुई महिलालाई उद्धार गरिएको छ भने एक महिला मेकअप आर्टिस्टलाई यौन व्यापारको लागि दलालको रूपमा काम गरेको र महिलाहरूलाई पेशामा धकेल्ने आरोपमा पक्राउ गरिएको छ।

प्रहरीका अनुसार, अभियुक्त मेकअप आर्टिस्टले एक रातको लागि दुई महिलासँग कुल २ लाख भारतीय रूपैयामा सम्झौता गरेका थिए। समाचार अनुसार प्रति महिला १ लाख ६० हजार नेपाली रूपैयाँमा तीनलाई होटलमा लगिएको थियो । ग्राहकबाट पैसा लिए पछि अभियुक्तले दुई महिलालाई गिरगाउँको एक होटलमा लगेका थिए,जहाँ अपराध शाखाको टोलीले जाल बिछ्याएर उनीहरूलाई पक्राउ गरेको हो ।

 

उद्धार गरिएका महिला मध्ये एक मराठी फिल्म उद्योगसँग सम्बन्धित अभिनेत्री भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ भने अर्की कलाकार हुन्, जसले बंगाली फिल्मका साथै हिन्दी टिभी कार्यक्रम र चलचित्रहरूमा सानोतिनो भूमिका निर्वाह गरेकी छिन्। 

प्रहरीले बताए अनुसार मराठी अभिनेत्री फिल्म उद्योगमा करियर बनाउन महाराष्ट्रको ग्रामीण क्षेत्रबाट मुम्बई आएकी थिइन्। लामो समयदेखि कामको अभाव र आर्थिक कठिनाइको फाइदा उठाउँदै आरोपीले उनलाई पैसाको प्रलोभनमा पारेर यौन बेचबिखनको सञ्जालमा तान्ने प्रयास गरेको आरोप छ।

 

मुम्बई प्रहरीले अब फिल्म उद्योगका अन्य व्यक्तिहरू बिचौलियाहरू वा कुनै संगठित गिरोह यस कथित र्‍याकेटमा संलग्न छन् कि छैनन् भनेर अनुसन्धान गरिरहेको भारतीय मिडियाले उल्लेख गरेका छन् । आर्थिक लेनदेनको पनि छानबिन भइरहेको छ। प्रहरीले होटल व्यवस्थापनको सम्भावित भूमिकाको जाँच गरिरहेको छ । हालको लागि उद्धार गरिएका महिलाहरूको पहिचान सार्वजनिक गरिएको छैन।

 

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖